राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्यले राष्ट्रिय झण्डा भूइँमा फालेको कार्यलाई ‘घृणित र देशविरोधी’ भन्दै तत्काल कानुनी कारबाहीको माग गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै झाले लोकतन्त्रमा विरोध र बहसको अधिकार भए पनि राष्ट्रिय प्रतीकको अपमान कुनै हालतमा स्वीकार्य नहुने बताए।
उनले भने, “यो अपराधी दुई पटक मन्त्री भइसकेका व्यक्ति हुन्। राष्ट्रिय झण्डा कुनै दलको सम्पत्ति होइन, यो सम्पूर्ण नेपालीको गौरव र पहिचान हो। जसले यसको अपमान गर्छ, उसमाथि कडा कारबाही हुनैपर्छ।”
रास्वपाले पनि झाको भनाइलाई पूर्ण समर्थन गर्दै सामाजिक सञ्जालमा लेखेको छ, “राष्ट्रिय प्रतीकको अपमान सह्य छैन। लोकतन्त्रको साँचो रक्षा राष्ट्रियता र मर्यादाको सम्मानबाट मात्र हुन्छ।”घटनापछि सामाजिक सञ्जालमा नागरिकहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका छन्। धेरैले यो मुद्दालाई ‘राजनीतिभन्दा माथि’ को विषय मानेर कारबाहीको माग गरेका छन्।