• Saturday, June 21, 2025

युनिटी ठगी काण्ड्का अभियुक्त पाठक लाई एमालेले बनायो मन्त्री


चर्चित युनिटी लाइफ ठगी काण्ड का अभियुक्त कृष्ण पाठक गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका छन। खासै राजनीतिक भन्दा पनि "अन्य" र यस्तै गतिविधि मा सक्रिय रहेका पाठकलाई एमालेले मन्त्री बनाएर शासनको भद्दा नमुना देखाएको टिप्पणी हुने गरेको छ। २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका कृष्ण पाठक संसदीय गतिविधिमा कम सक्रिय सदस्यमध्ये एक हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट पाठक केन्द्रकै निर्देशनअनुसार मन्त्री बनेका हुन् । उनलाई मन्त्री बनाउन पार्टी केन्द्रीय सचिव पद्मा अर्याल, निवर्तमान मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य खगराज अधिकारी, एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरूङले विशेष पहल गरेका थिए । उनी निबर्तमान संघीय संसद सुर्य पाठकका पारिवारिक नातेदार समेत हुन।

Please Login to comment in the post!

you may also like