काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको अवधि लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका रहे पनि केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १ गते दिउँसो ११ बजेदेखि मतदान हुने तय भएपछि महाधिवेशन लम्बिने देखिएको हो ।
मतदानको मिति पछि सरेसँगै महाधिवेशनको समग्र समयतालिका प्रभावित भएको छ । यद्यपि नेतृत्व तहमा सहमतिमार्फत समाधान खोज्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजदेखि काठमाडौंको भृकुटिमण्डपमा बन्दसत्रका रूपमा जारी छ ।