कोहलपुर। मोबाइल पसल सञ्चालकलाई धम्काए पाँच लाख रुपैयाँ असुलिएको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कोलहपुर बाँकेले प्रहरी सहायक हवल्दार मोहम्मद सफिक खान र परमानन्द बर्मा तथा सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरीलाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरुले गत २१ जेठमा कोहलपुर ११ मा रहेको थ्रिस्टार मोबाइल पसलका सञ्चालक लक्ष्मण कुँवरलाई धम्काएर पाँच लाख रुपैयाँ असुलेको उजुरी थियो । प्रारम्भिक छानविनमा मुद्दामा फसाइदिने भन्दै धम्काएर असुलिएको पुष्टि भएपछि प्रहरीले जाहेरी दर्ता गरी प्रहरीसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा गोविन्द भण्डारी र अर्जुन न्यौपाने छन् । उनीहरुले पैसा लेनदेनका लागि सहजीकरण गरेका थिए । पक्राउ परेका नेपाल प्रहरीका कर्मचारी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत थिए। त्यस्तै, सशस्त्र प्रहरीका जवान सशस्त्र प्रहरी ३० नम्बर गणमा कर्मचारी हुन्।