• Saturday, June 21, 2025

एमाले र माओवादीबीच दुई बु्ँदे सहमति, संसद् बैठक सुचारू होला?


काठमाडौं : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्।

उक्त समाझदारी पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी भने समावेश छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै प्रतिपक्ष दलले पछिल्लो दुई हप्तादेखि संसद् अवरोध गर्दै आएका छन्।

Please Login to comment in the post!

you may also like