नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा आराधना गरिन्छ। माता चन्द्रघण्टा शान्ति, शक्ति र साहसकी प्रतीक मानिन्छन्। उनको मस्तकमा घण्टा आकारको चन्द्रमा भएकोले चन्द्रघण्टा भनिएको हो। भक्तहरूले आज विशेष पूजा, मन्त्र जप र उपासना गरी माताको कृपा प्राप्त गर्ने विश्वास गर्छन्। माता चन्द्रघण्टाको पूजा गर्नाले मनमा शान्ति, साहस र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।