अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ५ देखि १० जना मान्छेले चाहे ५ दिनमै भ्रष्टाचार रोक्न सकिन्छ भन्ने दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रधानमन्त्री सुशीलाले ६ वर्ष अघि नागरिक नेटवर्कको युट्युव च्यालनमा दिएको अन्तर्वार्तामा देशका ५ देखि १० जना मान्छेले भ्रष्टाचार रोक्छु भन्यो भने ५ दिनमै भ्रष्टाचार रोकिने बताएकी थिइन् । उनले भनेकी थिइन- यदि ५ १० जना मान्छेले देशको भ्रष्टाचार रोक्छु भन्यो भने ५ दिनमा रोकिन्छ। फरकै पर्दैन, ५ दिनमा रोकिन्छ । खुला छोडिदिएर न भ्रष्टाचार भएको छ । कन्ट्रोल गर्ने हो भने कसरी भ्रष्टाचार हुन्छ ? ल्याएर भोली चाहि टुडिखेलमा कारबाही गर्न थाल्यो भने ? जनेजीले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीलाले अब भ्रष्टाचारविरुद्ध कस्तो कदम चालेर छानबिन गर्छिन भन्ने धेरैलाई जिज्ञासा रहेको छ l