• Tuesday, March 3, 2026

एनआईसी एसिया बैंकको नयाँ सीईओमा सुजितकुमार शाक्य नियुक्त



काठमाडौँ – एनआईसी एसिया बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सुजितकुमार शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी सुम्पिएको हो। 

बैंकका कम्पनी सचिव दिपेन कार्की र सूचना अधिकारी अर्जुन खनियाँका अनुसार शाक्यले आगामी ३० दिनभित्र औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। यसअघि नबिल बैंकमा वरिष्ठ डेपुटी सीईओको रूपमा कार्यरत शाक्यसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ। उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक, लक्ष्मी बैंक लगायतमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

यो नियुक्ति पूर्व सीईओ रोशनकुमार न्यौपानेले गत भदौमा राजीनामा दिएपछि खाली भएको पदमा भएको हो। न्यौपानेको राजीनामापछि सन्तोषकुमार राठीले कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका थिए। 

बैंक स्रोतका अनुसार शाक्यको नेतृत्वमा डिजिटल बैंकिङ, ग्राहक सेवा विस्तार र जोखिम व्यवस्थापनमा थप जोड दिइनेछ। एनआईसी एसिया हाल नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो जसको देशभर ३५० भन्दा बढी शाखा सञ्जाल छ।यो नियुक्तिले बैंकको व्यवस्थापकीय स्थिरता कायम रहने र नयाँ रणनीतिक योजनाहरू कार्यान्वयनमा गति आउने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like