• Saturday, June 21, 2025

जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती


बहुप्रतीक्षित सगरमाथा संवादको तेस्रो समानान्तर सत्रअन्तर्गत खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि विषयक सत्रमा उनीहरूले खाद्य सुरक्षामा देखिएको समस्या विकराल बन्न सक्ने बताए।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानका कार्यकारी निर्देशक डा. मार्क स्मिथले यतिबेला विश्व पानीको संकटको गम्भीर स्थितिसँग जुधिरहेको, मानव इतिहासमै पहिलोपटक जलचक्र असन्तुलनमा परेको र  जसले आगामी पुस्ताका लागि दिगोपनामा मात्र नभई समानतामा पनि खतरा निम्त्याएको बताए।“यो मुख्य रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित छ, तर त्यसका साथै विश्वव्यापी तथा महादेशीयस्तरमा भूमि परिवर्तन र पारिस्थितिकीय प्रणालीको विनाश पनि यसका कारण हुन्। वैज्ञानिकहरूले यसलाई मानव जातिका लागि खतरा मानेका छन्,” उनले भने।भोकमरी, गरिबी, बहिष्करण, पारिस्थितिकीय संकट, जलवायु परिवर्तन र भविष्यको जल तथा मौसमको जोखिमप्रति गहिरो अनिश्चितताजस्ता पहाडी क्षेत्रका जलवायुजन्य समस्या रहेको उनले बताए।नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठन  देशीय प्रतिनिधि केन शिमिजुले जलवायु परिवर्तनको असरका कारण विभिन्न सामाजिक–आर्थिक चुनौती देखा परेको बताए। “जलवायुजन्य चुनौती सामना गर्न आवश्यक वित्त, प्रविधि र समर्थनसम्म पहुँच सहज बनाउन पनि कठिनाइ हुन्छ,” उनले भने।पूर्वसचिव गणेशराज जोशीले जलवायु परिवर्ननको असरका कारण खाद्य सुरक्षामा चुनौती पैदा गरेको भन्दै ती समस्या समाधानका लागि कृषि क्षेत्रमा जलवायु अनुकूलनका कार्यक्रमलाई सुदृढ गर्नुपर्नेमा जोड दिए।जलवायु परिवर्तन र दिगोपनाका लागि कतारका विशेषदूत तथा ग्लोबल ड्रायल्यान्ड एलायन्सका कार्यकारी निर्देशक बदर ओमार अल दफाले सुक्खा क्षेत्र भएका देशहरूलाई खाद्य सुरक्षामा लैजानुपर्ने र विश्वमा स्थायित्व तथा शान्तिमा योगदान गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. उषा झाले समयमा नै सचेत नभए भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिने र भोकमरी तथा गरिबीको समस्या बढ्ने बताइन्।

Please Login to comment in the post!

you may also like