• Tuesday, March 3, 2026

नोबेल मेडिकल कलेज टिचिङ् अस्पतालमा रिसर्च युनिट उद्घाटन कार्यक्रम सम्पन्न


नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उहाँकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रुपमा अनुसन्धान इकाईको उद्घाटन गर्नु भएको छ। नोवेलका बोर्ड सल्लाहकार सोइना शर्मा, नोवेलका पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा भएको कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससंगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याउदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने र यस कार्यको लागि उहाँले डा. सुनिल कुमार शर्मा तथा शर्मा परिवारको अभिभावकत्व प्रति आभार व्यक्त गर्नु भएको छ।

Please Login to comment in the post!

you may also like