• Tuesday, March 3, 2026

‘एक चिहान’ नाटक मंसिर १ गते प्रज्ञा भवनमा मञ्चन हुँदै


काठमाडौं। ओजस थिएटरले निर्माण गरेको नाटकएक चिहानआगामी मंसिरगते (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मञ्चन हुने भएको छ।नाटक के.एम.सी. कलेज सँगको सहकार्यमा एकदिने विशेष शोको रूपमा प्रस्तुत गर्न लागिएको हो।

हृदयचन्द्र सिंह प्रधानको चर्चित साहित्यिक कृतिमा आधारित यस नाटकको रूपान्तरण हर्क मगरले गरेका हुन् भने निर्देशन सागर कार्कीले गरेका हुन्। नाटकले नेपाली समाजमा देखिने वर्गीय विभेद, दुःख मानवीय संवेदनशीलतालाई यथार्थपरक रूपमा चित्रण गर्नेछ।

निर्माता कल्पना थापा, बजार व्यवस्थापक रिता थापा, कार्यक्रम संयोजक सुमन सागर जंङ्ग केसी रहेका छन्। नाटकमा मदन थापा, जे.बी. डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डे, अशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, बिप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अन्जना दुलाल, प्रदीप विश्वकर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ।

दर्शकका लागि तीन शो (बिहानबजे, ११ बजे दिउँसोबजे) मंचन  हुनेछ भने ढोका बिहान ८:३० बजेदेखि खुला हुनेछ। नाटकले नेपाली साहित्य नाट्य क्षेत्रको समिश्रणमार्फत समाजका गहिरा पक्ष यथार्थलाई उजागर गर्ने उद्देश्य लिएको निर्देशक कार्कीले बताएका छन्।

यस नाटकको मिडिया पार्टनरको रूपमाअदृश्य सञ्चार मिडियारहेको भने मिडिया को-अर्डिनेटर अमीर के.सी. रहेका छन्।

 

Please Login to comment in the post!

you may also like