• Tuesday, March 3, 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा मुकुन्द निरौला


काठमाडौँ — सरकारले दुई जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा मुकुन्द निरौलालाई सरुवा गरेको छ। निरौला यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव थिए।

यस्तै, पर्यटन मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सोही सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

सोमबारकै बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गरेको छ। योसँगै प्रशासन सेवामा नयाँ सचिव थपिएका छन्।


Please Login to comment in the post!

you may also like