• Saturday, October 18, 2025

राष्ट्रिय सभाले उल्ट्यायो प्रतिनिधि सभाको निर्णय: निजामती कर्मचारीले पढाउन पाउने


काठमाडौं-संघीय निजामती सेवा विधेयकमाथि छलफल गर्दै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती कर्मचारीहरूले कार्यालय समय बाहिर लोकसेवा आयोगको तयारी कक्षा पढाउन पाउने प्रावधान राखेको छ।

यसअघि प्रतिनिधि सभाले विधेयकमा कर्मचारीलाई यस्तो कार्य गर्न रोक लगाउने व्यवस्था गरेको थियो।मंगलबार समितिले सर्वसम्मत रूपमा प्रतिनिधि सभाको निर्णयलाई उल्ट्याउँदै उक्त प्रावधान पारित गरेको हो। समितिकी सभापति तुलसीकुमारी दाहालले 'कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखेर जाऔं' भन्दै प्रस्ताव गरेकी थिइन्, जसलाई सबै सांसदले समर्थन गरेका थिए।छलफलका क्रममा माओवादी केन्द्रका सांसद तारामान स्वारसुरेश आलेमगर लगायतले कर्मचारीको श्रममाथि रोक लगाउन नहुने तर्क गरेका थिए। उनीहरूले कार्यालयको काममा बाधा नपुग्ने गरी कर्मचारीले अतिरिक्त आम्दानी गर्न सक्ने अवस्थालाई रोक्न नहुनेमा जोड दिएका थिए।

यस निर्णयसँगै अब कर्मचारीले आफ्नो कार्यालय समय र जिम्मेवारीमा असर नपर्ने गरी लोकसेवा कक्षा सञ्चालन गर्न पाउने बाटो खुलेको छ। विधेयक अब राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधि सभामा फिर्ता पठाइनेछ, जहाँ दुवै सदनको सहमतिपछि मात्र कानुनको रूप लिनेछ।

Please Login to comment in the post!

you may also like