• Tuesday, March 3, 2026

केपी शर्मा ओली तेस्रो पटक नेकपा एमाले अध्यक्षमा निर्वाचित


काठमाडौँ– नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६२ मत प्राप्त गर्दै फराकिलो मतान्तरका साथ विजय हासिल गरेका हुन्।

निर्वाचनमा कुल २ हजार २ सय २७ मत खसेको थियो। यससँगै ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्।

भारी मतका साथ पुनः अध्यक्ष बनेका ओलीको नेतृत्वलाई पार्टीभित्र मजबुत समर्थन रहेको सन्देश गएको छ। उनको पुनः निर्वाचनले नेकपा एमालेको संगठनात्मक एकता, भावी राजनीतिक रणनीति तथा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like