• Tuesday, March 3, 2026

काठमाडौंमा अतिक्रमणविरुद्ध कडाइ : सात दिनभित्र संरचना हटाउन निर्देशन


काठमाडौं। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध संयुक्त अभियान अघि बढाउँदै सात दिनभित्र अवैध संरचना हटाउन निर्देशन दिएका छन्।

 दुवै निकायले शुक्रबार संयुक्त सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका तथा सिमाना जोडिएका स्थानमा रहेका मापदण्ड विपरीतका संरचना स्वेच्छाले हटाउन सात दिनको समयसीमा दिएका हुन्।

 असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड उल्लङ्घन गरी बनेका संरचना खाली गराउने तयारी अघि बढाइएको सूचनामा उल्लेख छ।

 निर्धारित समयभित्र सम्बन्धित व्यक्तिले स्वयं संरचना नहटाए कारबाही गरी बलपूर्वक खाली गराइने चेतावनी समेत दिइएको छ।

 सूचना सार्वजनिक भएपछि विशेष गरी राजनीतिक आडमा काठमाडौंका खोलानालाका किनारमा बसेका नक्कली सुकुम्बासी बस्ती र अस्थायी टहरामाथि पनि अब बुलडोजर चल्ने निश्चित भएको बताइन्छ।

Please Login to comment in the post!

you may also like