• Tuesday, March 3, 2026

अजित पवार सवार विमान दुर्घटनाले मुम्बईमा शोक


मुम्बईको वरलीस्थित एक आवासीय फ्ल्याट बाहिर बुधबार आफन्त र छिमेकीको भीड जम्मा भएको थियो। सोही दिन महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि २९ वर्षीया क्याबिन क्रु सदस्य पिंकी माली पनि उक्त विमानमा रहेको पुष्टि भएको हो। घरभित्र पिंकीकी आमा र दिदी शोकमा डुबेका थिए र उनीहरूलाई सम्हाल्न कठिन भइरहेको थियो।पिंकीका पिता शिवकुमार मालीका अनुसार मंगलबार साँझ छोरीसँग अन्तिमपटक कुराकानी भएको थियो। “उनले मलाई अजित पवारसँगै बारामती जाने र त्यसपछि नांदेड जाने कार्यक्रम रहेको बताएकी थिइन्,” उनले भने, “आज बिहानै उनी घरबाट निस्किएकी थिइन्।”

विमान दुर्घटनाको खबर टेलिभिजनमा प्रसारण भएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको उनले बताए। “टेलिभिजनमा अजित पवार सवार विमान दुर्घटनाको ब्रेकिङ न्युज आउन थालेपछि हामी डरायौं,” उनले भावुक हुँदै भने, “जब समाचारमा मेरी छोरीको नाम देखियो, तब हामीले उनलाई गुमाइसकेको महसुस गर्यौं।”aदुर्घटनाको खबर फैलिएसँगै पिंकीको घरमा शोकको माहोल छाएको छ। छोरी गुमाएको पीडामा परिवार स्तब्ध छ भने छिमेकी र आफन्तहरू समवेदना व्यक्त गर्न घरमा आउने क्रम जारी छ। घटनाबारे थप विवरण र आधिकारिक पुष्टि सम्बन्धित निकायबाट आउन बाँकी रहेको बताइएको छ।

Please Login to comment in the post!

you may also like