काठमाडौं । मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानका सदस्य प्रकाश शर्माले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्। यो कदम जेन–जी आन्दोलनका मागलाई बेवास्ता गरेको भन्दै अन्तरिम सरकार प्रमुख तथा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्ने अभियानको हिस्सा हो।
अभियानका संयोजक मिराज ढुंगानाले नेतृत्व गरेको यो समूहले पटक–पटक सिंहदरबार र बालुवाटारमा प्रदर्शन गर्दै आएको छ। मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेशमा रोकिएपछि उनीहरूले यो आन्दोलनलाई तीव्र बनाएका हुन्। जेन–जीको बलमा नै प्रधानमन्त्री बनेकी कार्कीले आन्दोलनका मूल मागलाई वास्ता नगरी चुनावको मात्र तयारी गरेको आरोप लगाइएको छ। ढुंगानाले यसअघि नै भनेका थिए, “यो अवस्थामा निर्वाचनले मुलुकलाई निकास दिँदैन।”
अभियानका मुख्य मागहरू
अभियानले प्रधानमन्त्रीसमक्ष राखेका संक्षिप्त तर कडा मागहरू यसप्रकार छन् :
यो घटनाले अन्तरिम सरकारमाथि थप दबाब सिर्जना गरेको छ। सामाजिक सञ्जालमा पनि यसबारे चर्चा चर्किएको छ, जहाँ सर्वोच्च अदालतका निर्णय र जेन–जी मागबीचको सम्बन्धबारे बहस भइरहेको छ। यदि सरकारले माग सम्बोधन नगरे प्रदर्शन थप तीव्र हुने अभियानकर्मीहरूले चेतावनी दिएका छन्।