स्पेसएक्सले एलन मस्कको अर्को कम्पनी xकृत्रिम बुद्धिमत्ताअधिग्रहण गरेको घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको यो निर्णयसँगै मस्कका दुई महत्वाकांक्षी कम्पनी एकीकृत भई विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेका छन् । स्पेसएक्सको वेबसाइटमा जारी वक्तव्यमा एलन मस्कले यसलाई “स्पेसएक्स र xकृत्रिम बुद्धिमत्ता को यात्राको नयाँ अध्याय मात्र नभई नयाँ पुस्तकको सुरुआत” भएको बताएका छन् ।यो एकीकरणलाई कृत्रिम बुद्धिमत्ता क्षेत्रमा प्रतिस्पर्धा गर्न xकृत्रिम बुद्धिमत्तालाई आवश्यक ठूलो पूँजीको संकेतका रूपमा हेरिएको छ । साथै, भविष्यको अन्तरिक्ष अन्वेषणमा AI प्रविधिको भूमिका अझै निर्णायक बन्दै गएको सन्देशसमेत यसले दिएको विश्लेषकहरू बताउँछन् ।
अनुसन्धान संस्था पिचबुकका अनुसार सन् २०२५ डिसेम्बरमा गरिएको सेकेन्डरी सेयर बिक्रीपछि स्पेसएक्सको मूल्यांकन ८०० अर्ब अमेरिकी डलर पुगेको थियो । यता, xAI को मूल्यांकन सन् २०२६ जनवरीमा सम्पन्न पछिल्लो लगानी चरणमा २३० अर्ब डलर आँकिएको थियो । यी दुई कम्पनीको एकीकरणले निजी क्षेत्रमै अभूतपूर्व आर्थिक शक्ति सिर्जना गरेको छ ।यो कदमले प्रविधि कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ता चलाउन आवश्यक कम्प्युटिङ स्रोतको होड कति तीव्र भएको छ भन्ने पनि देखाउँछ । मस्कका अनुसार हालका AI प्रविधि विशाल डाटा सेन्टरमा निर्भर छन्, जसका लागि अत्यधिक ऊर्जा र चिस्यान आवश्यक पर्छ । “यसको तार्किक समाधान भनेको यस्ता स्रोत–खपत गर्ने प्रविधिलाई अन्तरिक्षमा लैजानु हो,” मस्कले बताएका छन् ।
यसै सन्दर्भमा स्पेसएक्सले हालै अमेरिकी संघीय सञ्चार आयोग सँग १० लाख उपग्रह कक्षामा पठाउने अनुमति मागेको छ । ती उपग्रहहरू सौर्य ऊर्जाबाट सञ्चालित डाटा सेन्टरको नेटवर्कका रूपमा प्रयोग हुने र कृत्रिम बुद्धिमत्ता ले सिर्जना गर्ने डाटाको तीव्र वृद्धिलाई सम्हाल्ने उद्देश्य रहेको कम्पनीको दाबी छ । मस्कका अनुसार आगामी दुईदेखि तीन वर्षभित्र कृत्रिम बुद्धिमत्ता कम्प्युटिङका लागि सबैभन्दा सस्तो विकल्प अन्तरिक्ष नै हुने सम्भावना छ ।कृत्रिम बुद्धिमत्ता को तीव्र विकाससँगै ऊर्जा माग अस्वाभाविक रूपमा बढ्दै गएको छ । एनभिडियाका सीईओ जेन्सेन हुआङले आगामी पुस्ताका कृत्रिम बुद्धिमत्ता मोडेलहरूलाई पुरानाभन्दा १०० गुणा बढी शक्ति आवश्यक पर्ने बताएका छन् । गोल्डम्यान स्याक्सका अनुसार सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता का कारण डाटा सेन्टरहरूको विद्युत् माग १६५ प्रतिशतले बढ्ने अनुमान छ ।
यस मागलाई पूरा गर्न माइक्रोसफ्ट, मेटा जस्ता प्रविधि कम्पनीहरूले अर्बौँ डलर लगानी गरिरहेका छन् । तर यसको असर आम उपभोक्तामा पनि देखिन थालेको छ । ब्लूमबर्गको एक अध्ययनअनुसार डाटा सेन्टर नजिकका क्षेत्रहरूमा पछिल्लो पाँच वर्षमा बिजुलीको महसुल २६७ प्रतिशतसम्म बढेको पाइएको छ ।यता xकृत्रिम बुद्धिमत्ता स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म X को एआई च्याटबोट ‘ग्रोक’ विभिन्न विवादमा पनि तानिएको छ । ग्रोकले यौनजन्य, हिंसात्मक तथा यहूदीविरोधी सामग्री उत्पादन गरेको आरोप लागेपछि कम्पनीले माफी माग्दै यसलाई प्रणाली अपडेटको त्रुटि भनेको थियो ।विवादका बाबजुद पनि लगानीकर्ताहरूकृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो रकम हाल्न आतुर देखिन्छन् । जनवरीमा मात्रै xकृत्रिम बुद्धिमत्ता ले २० अर्ब डलर लगानी संकलन गरेको थियो, जसमा कतार इन्भेस्टमेन्ट अथोरिटी लगायत ठूला संस्था सहभागी थिए ।
स्पेसएक्स र xकृत्रिम बुद्धिमत्ताबीच यसअघि नै कर्मचारी र प्रविधिको तहमा सहकार्य रहँदै आएको थियो । यद्यपि केही पूर्व कर्मचारीहरूले दुई कम्पनीबीचको कार्यसंस्कृतिको टकराव हुन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।एलन मस्कले स्पेसएक्सलाई भविष्यमा शेयर बजारमा सूचीकृत गर्ने योजना पनि सार्वजनिक गरिसकेका छन् । अनुमानित १.५ ट्रिलियन डलर मूल्यांकनसहित हुने सम्भावित आईपीओ इतिहासकै ठूला मध्येको एक हुन सक्ने बताइन्छ । यस एकीकरणसँगै मस्कको व्यक्तिगत सम्पत्ति पनि अझ बढ्ने देखिएको छ । ब्लूमबर्गका अनुसार हाल मस्कको कुल सम्पत्ति ६७६ अर्ब डलर छ, जसले उनलाई विश्वकै सबैभन्दा धनी व्यक्ति बनाएको छ ।