• Thursday, March 5, 2026

उद्घाटन, शिलान्यासजस्ता समारोहमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा नपठाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अनुरोध


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गर्दै आफ्नो समय पूर्णरूपमा कार्यमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेषगरी उद्घाटन, शिलान्यासजस्ता समारोहमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा नपठाउन सबैसँग अनुरोध गरे। उनले लेखे, ‘कृपया कसैले पनि कुनै औपचारिक कार्यक्रममा मलाई निमन्त्रणा नगर्नुहोला।’

मन्त्री पुनले अनावश्यक समारोहमा समय खर्चिनुभन्दा आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिने स्पष्ट पारेका छन्। उनले युनेस्कोको उज्बेकिस्तानमा हुने महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजित सम्मेलनमा समेत सहभागी नभएको उल्लेख गर्दै अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश जाने गरेको बताए। साथै, उनले ‘मन्त्रीहरू विदेश घुम्छन्’ भन्ने भ्रामक हल्ला नफैलाउन पनि आग्रह गरे।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक पुन मन्त्री नियुक्त भएदेखि आफ्नो फरक कार्यशैलीका कारण चर्चामा छन्। उनको यो कदमले कार्यप्रति समर्पण र पारदर्शिताको सन्देश दिएको छ।

Please Login to comment in the post!

you may also like