• Tuesday, March 3, 2026

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस


‘सुरक्षित आकाश’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रहरूले यो दिवसलाई स्मरण गर्दै हवाई सुरक्षाको महत्व र नागरिक उड्डयनले गरेको प्रगतिलाई उजागर गर्छन्। सन् १९९४ डिसेम्बर ७ मा आइकाओ स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक यो दिवस मनाउन थालिएको हो। त्यसपछि दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई औपचारिक मान्यता दिएको थियो। नागरिक उड्डयनले विश्वका मुलुकहरूको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रुलाई सहज बनाउन बनाइएको द्रुत, सुरक्षित र विश्वव्यापी हवाई सञ्जाल तथा त्यसमा आइकाओको भूमिकालाई आज विशेष रूपमा स्मरण गरिन्छ। आगामी २०३० भित्र हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरूका सन्दर्भमा पनि हवाई सेवा विश्वका राष्ट्रहरूलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले यो दिवसको सान्दर्भिकता झनै बढेको आइकाओले जनाएको छ।

Please Login to comment in the post!

you may also like