• Tuesday, March 3, 2026

समानुपातिक निर्वाचन प्रणालीतर्फका गतिविधि आजदेखि सुरु


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका गतिविधि आजदेखि सुरु भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा सहभागी हुन इच्छुक राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनको अध्ययन गरी मंसिर ২৬ गतेसम्म स्वीकृत गरिनेछ। साथै पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय निर्धारण गरिएको छ, जसमा ५० प्रतिशत महिला अनिवार्य गर्ने प्रावधान लागू हुनेछ। आयोगले माघ ४ गते प्रारम्भिक सूची सार्वजनिक गरी दाबी–विरोध तथा उजुरी छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशित गर्नेछ। विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ। प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने तालिका आयोगले सार्वजनिक गरेको छ।

Please Login to comment in the post!

you may also like