• Tuesday, March 3, 2026

एअर इन्डिया विमान दुर्घटनाका एकमात्र जीवित व्यक्ति — “म सबैभन्दा भाग्यमानी तर पीडामा छु”


एअर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको ज्यान गयो, तर एक व्यक्ति जीवित बाँचे — विश्वशकुमार रमेश। उनले आफूलाई “सबैभन्दा भाग्यमानी व्यक्ति” भनेका छन्, तर शारीरिक र मानसिक रूपमा निकै पीडामा रहेको बताएका छन्।लन्डन जाने क्रममा विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा विश्वशकुमार त्यस दुर्घटनाबाट पैदल हिँड्दै बाहिर निस्केका थिए — त्यो दृश्य संसारभर चर्चाको विषय बन्यो।उनले भने, “यो त चमत्कार हो। म बाँचेँ, तर मैले सबै कुरा गुमाएँ।”उनका कान्छा भाई अजय पनि सोही विमानमा केही सिट टाढा थिए, तर उनको मृत्यु भयो।लेस्टर फर्किएपछि विश्वशकुमार पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डर  बाट पीडित भएका छन्। उनका सल्लाहकारका अनुसार उनी अहिले आफ्नी श्रीमती र चार वर्षका छोरासँग बोल्न पनि सक्दैनन्।विमान उडेको केही क्षणमै पश्चिम भारतमा दुर्घटनाग्रस्त भएको थियो। बोइङ ७८७ मा आगो सल्किँदा सबै यात्री र चालक दल सदस्यहरू मारिए — १६९ जना भारतीय, ५२ जना बेलायती, र १९ जना भूमिमा रहेका मानिसहरू पनि मारिएका थिए।दुर्घटनापछि खिचिएको भिडियोमा विश्वशकुमार हल्का चोटसहित धुवाँ उडिरहेको पृष्ठभूमिबाट हिँड्दै गएको देखिन्छ।

बीबीसीसँग कुरा गर्दै उनी भावुक हुँदै भने, “म मात्रै बाँचेको छु। अझै पनि विश्वास लागिरहेको छैन — यो चमत्कार हो।तर मैले मेरो भाइलाई गुमाएँ। ऊ नै मेरो सहारा थियो। केही वर्षदेखि ऊ सधैं मेरो साथमा थियो।”उनी भन्छन्, दुर्घटनापछि उनको पारिवारिक जीवन पूर्ण रूपमा विग्रिएको छ।“अब म एक्लो छु। म आफ्नो कोठामा एक्लै बस्छु। श्रीमती वा छोरा कसैसँग कुरा गर्न मन लाग्दैन,” उनले भने।अहमदाबादमा उपचारका क्रममा उनले आफूले कसरी सिट खोलेर विमानको भग्नावशेषबाट बाहिर निस्कन सफल भए भन्ने पनि बताए। त्यही बेला उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर उपचार प्राप्त गरेका थिए।भारतको विमान दुर्घटना अनुसन्धान निकायले जुलाईमा प्रकाशित प्रारम्भिक प्रतिवेदनमा भनेको थियो — उडान भरिसकेपछि केही सेकेन्डमै इन्धन आपूर्ति बन्द भएपछि इन्जिन बन्द भएको कारण विमान खसेको हो। अनुसन्धान अझै जारी छ।३९ वर्षीय विश्वशकुमार बेलायत फर्किएपछि पहिलोपटक मिडियासँग बोलेका हुन्। साक्षात्कारका लागि उनीसँग उनका सल्लाहकार सञ्जीव पटेलराड सिगर पनि थिए।उनी भन्छन्, “दुर्घटनापछि मेरो शारीरिक र मानसिक अवस्था बिग्रिएको छ। हिँड्दा पनि पीडा हुन्छ — खुट्टा, काँध, घुँडा र ढाड दुख्छ। अहिले म काम गर्न सक्दिन, सवारी चलाउन पनि सक्दिन। मेरो श्रीमतीले हिँड्न सहयोग गर्नुपर्छ।”

उनका सल्लाहकार सञ्जीव पटेलले भने, “यो परिवार पूर्ण रूपमा संकटमा छ — मानसिक, शारीरिक र आर्थिक रूपमा।एअर इन्डियाका जिम्मेवार व्यक्तिहरूले आफैं पीडितहरूलाई भेटेर उनीहरूको आवश्यकताबारे बुझ्नुपर्छ।”एअर इन्डियाले हाल विश्वशकुमारलाई करिब २१,५०० पाउण्डको क्षतिपूर्ति रकम दिएको छ, तर उनका प्रतिनिधिहरूका अनुसार यो तत्कालीन आवश्यकताका लागि पर्याप्त छैन।दुर्घटनाअघि भारतको दिउस्थित पारिवारिक माछा व्यवसाय विश्वशकुमार र उनका भाईले सँगै सञ्चालन गर्दै आएका थिए, तर अब त्यो व्यवसाय पनि बन्द भएको छ।परिवारका प्रवक्ता राड सिगरले भने, “हामीले एअर इन्डियालाई तीन पटक भेटको अनुरोध गरेका थियौँ, तर हरेक पटक अस्वीकार गरियो। अब हामी चौथो पटक यही मिडियामार्फत त्यो अनुरोध दोहोर्याउँदैछौं।”उनले थपे, “हामीलाई यहाँ बस्नुपरेको निकै दुःखद कुरा हो। वास्तवमा यहाँ एअर इन्डियाका शीर्ष अधिकारीहरू बस्नुपर्ने हो, ताकि हामीसँग मिलेर यो पीडा घटाउने उपाय खोज्न सकौं।”एअर इन्डियाले भने एक विज्ञप्ति जारी गर्दै भन्यो —“हामीले प्रभावित परिवारहरूसँग निरन्तर सम्पर्कमा रहँदै गहिरो समवेदना व्यक्त गर्दै आएका छौं।श्री रमेशका प्रतिनिधिहरूसँग भेटको प्रस्ताव गरिएको छ, र हामी त्यसका लागि सकारात्मक प्रतिक्रिया पाउने आशा राख्छौं।”

Please Login to comment in the post!

you may also like