• Tuesday, March 3, 2026

‘चम्किलो शहर’को पछाडि जटिल वास्तविकता:दुबईका शाही परिवारका सदस्यको पूर्वपत्नीले छोराछोरी ‘अपहरण’ गरेको आरोपपछि गिरफ्तारीको डर व्यक्त


दुबईका शाही परिवारका सदस्य शेख सैद बिन मक्तूम बिन राशिद अल मक्तूमकी पूर्वपत्नी जेयनाब जवदलीले आफू र आफ्ना तीन छोरीहरूलाई लिएर फेरि संकटमा परेको दाबी गरिएकी छन्। पूर्वपतिको तर्फबाट स्थानीय प्रहरीले आफूविरुद्ध ‘अपहरण’ सहितका फौजदारी उजुरी दर्ता गरेको जानकारी पाएपछि उनले गिरफ्तारीको डर व्यक्त गरेकी हुन्।सन् २०१९ मा सम्बन्धविच्छेद भएपछि दुवैबीच चल्दै आएको कडा अभिभावकत्व विवाद पछिल्ला हप्ताहरूमा झनै चर्किएको छ। छोरीहरू निरन्तर आआफूसँग राख्न खोज्दा दुवै पक्षले एकअर्कामाथि ‘अपहरण’ गरेको आरोप लगाउँदै आएका छन्।जवदलीले पछिल्लो घटनाक्रम सार्वजनिक गर्दै लाइभस्ट्रिम गरेपछि उनलाई ‘इ–क्राइम’ (अनलाइन अपराध) मुद्दा लाग्ने सम्भावनासमेत देखिएको छ। उनले आफ्नो सुरक्षा र छोरीहरूको अवस्थाबारे ध्यानाकर्षण गर्न अरू कुनै उपाय नभेटिएको भन्दै सो जोखिम उठाएको बताएकी छन्।उनका अनुसार करिब दुई महिना अघि नियमित भेटघाटका क्रममा पूर्वपतिको तर्फबाट दुबई प्रहरीले “बालिका आज फर्किंदैनन्” भन्ने सन्देश दिएको थियो। त्यसपछि उनी छोरीहरू कहाँ छन् भन्नेबारे हप्ताौँसम्म अनभिज्ञ रहिन्। ८ नोभेम्बरको दिन तीन घण्टाको भेटघाट अनुमति पाएको उनले दाबी गरेकी छन्। तर बाल संरक्षण केन्द्रमा छोरीहरू नदेखिएपछि बाहिर निस्किँदै गर्दा उनीहरू अचानक देखिएका र ‘मामा, हामीलाई यहाँबाट लैजाऊ’ भन्दै कुद्दै आएका जवदलीले बताएकी छन्।

उनका अनुसार उनी बच्चाहरूलाई कारमा चढाएर घरतर्फ लागे पनि बाटोमा शेख सैदका मान्छेहरूले रोके। यही भीडभाडबीच उनले फेसबुक लाइभ खुलेर सहयोग मागेको बताइन्। यो कदमले उनले सन् २०२२ मा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूमसँग गरेको सम्झौता तोडिएको भन्दै उनी पक्राउ पर्ने भयमा घरबाहिर ननिस्कने बताइन्छ।जवदलीका अनुसार शेख मोहम्मदसँग भएको सम्झौताले छोरीहरू १८ वर्ष पुग्दासम्म आफूले नै संरक्षण पाउने, बसोबास र आधारभूत सुविधा उपलब्ध गरिने सुनिश्चित गरेको थियो। तर पछिल्लो एक अदालती फैसलाले अभिभावकत्व शेख सैदलाई दिने निर्णय गरेको थियो। जवदलीले भने सम्झौता कायम रहने आश्वासन आफूले पाएकी थिइन्।शेख सैदको तर्फबाट अदालतमा पेश भएको बयान भने पूर्णतः भिन्न छ। ८ नोभेम्बरको घटनामा जवदलीले जबरजस्ती छोरीहरूलाई कारमा राखेर ‘अपहरण’ गरेको तथा लाइभस्ट्रिममार्फत राज्य र पूर्वपतिको बदनाम गरेको आरोप लगाइएको छ। यसअघि उनका वकिलहरूले जवदलीलाई ‘अयोग्य आमा’ भन्दै छोरीहरूको स्वास्थ्य, शिक्षा र बसोबासप्रति बेवास्ता गरेको दाबी पनि गरेका थिए। जवदलीले यी सबै आरोप अस्वीकार गर्दै प्रमाणसहित प्रत्युत्तर दिएको बताइएको छ।यो घटना दुबई शाही परिवारका अन्य सदस्य वा पूर्वपत्नीहरूका विवादसँग तुलना गर्दै हेरिएको छ। शेख मोहम्मदकी पूर्वपत्नी राजकुमारी हायाले २०१९ मा युएई छोडेर बेलायत भागेकी थिइन् र पछि उनले ब्रिटेनकै उच्च अदालतमा अभिभावकत्व जितेकी थिइन्। त्यस्तै शासककी छोरी राजकुमारी लतिफाको कथित ‘भाग्ने प्रयास’ तथा पछि सार्वजनिक नहुँदा उठेको प्रश्न पनि विश्वभर चर्चाको विषय बनेको थियो।जवदली र उनका वकिल डेविड हेगले दुबईले महिलाको अधिकार र अवसरलाई प्रोत्साहन गर्ने भन्छ तर कतिपय अवस्थामा आन्तरिक संरचनाले महिलालाई दिग्भ्रमित र कमजोर बनाउने गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, “दुबईको चम्किलो बाहिरी छविभन्दा भित्री प्रणाली कतिपय महिलाका लागि निकै चुनौतीपूर्ण र असहज हुन सक्छ।”

Please Login to comment in the post!

you may also like