काठमाडौँ । सूर्य नेपाल प्रालिले नेपाल विद्युत् प्राधिकरणद्वारा लोडसेडिङ अवधिमा ट्रंकलाइनमार्फत प्रयोग गरिएको अतिरिक्त बिजुलीको बक्यौता आफूले पहिले नै तिरेको दाबी गरेको छ।
कम्पनीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता तिरिसकेको छ र सरकारले २०७१ वैशाखदेखि २०७५ वैशाखसम्मको अतिरिक्त महसुल मात्र लागू गर्ने निर्णय अनुसार सूर्य नेपालले तिर्नुपर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ।