• Sunday, October 19, 2025

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना


काठमाडौं। नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्न ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार, सिप्रदी र नाडाको सहयोग तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा यी सहायता कक्षहरू स्थापना गर्न लागिएको हो।

सहायता कक्ष स्थापना हुने स्थानहरूमा नयाँ बसपार्क, नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगा रहेका छन्। कक्ष भोलिदेखि सञ्चालनमा आउनेछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, सहायता कक्षले यात्रुहरूको भाडा असुल, सवारी क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता गतिविधिको निगरानी गर्नेछ।

प्रहरीका अनुसार, यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन र चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा सहायता कक्ष स्थापना गरिएको हो।

Please Login to comment in the post!

you may also like