• Friday, March 6, 2026

बञ्चरेडाँडामा फोहर विसर्जन फेरि रोकियो, स्थानीयले १८ बुँदे सहमति कार्यान्वयनको माग कडा बनाए


काठमाडौ। बञ्चरेडाँडामा फोहर विसर्जन पुनः अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन फेरि संकटमा परेको छ। ककनी र धुनबेँसीका स्थानीयवासीले विगतका सहमति कार्यान्वयन नहुँदा आजदेखि उपत्यकाबाट पुगेका फोहर बोकेका गाडीहरूलाई फर्काइएको हो।

स्थानीयले वैज्ञानिक तरिकाले व्यवस्थापन, दुर्गन्ध नियन्त्रण, रातमा मात्र फोहर फाल्ने व्यवस्था, लिच्चड नचुहिने सुनिश्चितता र २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति तत्काल लागू गर्नुपर्ने मागसहित अनिश्चितकालीन अवरोध जारी राखेका छन्।

गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले ‘१५ दिनभित्र काम सुरु गर्ने’ मौखिक प्रतिवद्धता जनाएको भए पनि कुनै उल्लेख्य प्रगति नभएपछि स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन्।

सिसडोल–बञ्चरेडाँडा–कुँडुले क्षेत्रमा बढ्दो दुर्गन्ध, रोगको जोखिम र दैनिक जीवन बाधित भएको गुनासो गर्दै स्थानीय सयौँको संख्यामा सडकमा बसेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। नुवाकोट र धादिङका जनप्रतिनिधि तथा विभिन्न दलका स्थानीय नेतृत्वले पनि प्रभावित बस्तीको मागलाई समर्थन जनाएका छन्।

Please Login to comment in the post!

you may also like