काठमाडौं, नेपाल – निसर्ग बाटिका स्कूलद्वारा “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप आयोजना २०२६” हुन लागेको जानकारी गरिएकोछ। यो ऐतिहासिक अन्तर–विद्यालय बास्केटबल प्रतियोगिताले काठमाडौंका युवाहरूलाई व्यवस्थित तथा उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गर्नेछ।
यो च्याम्पियनसिप मई २३ देखि जुन २१, २०२६ (जेष्ठ ९ - आषाढ ७, २०८३) सम्म सञ्चालन हुनेछ। सम्पूर्ण खेलहरू निसर्गको माछागेट स्थित बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा आयोजना गरिनेछ। प्रतियोगितामा आठ विद्यालय सहभागी हुनेछन्, जहाँ प्रत्येक टोलीले अन्य सबै टोलीहरुसँग “राउण्ड रोबिन लिग” प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन। यस च्याम्पियनसिपको विजयताको निर्णय जितिएका खेलहरुबाट प्राप्त अंकका आधारमा गरिनेछ। सम्पूर्ण खेलहरू आधिकारिक FIBA नियम तथा मापदण्डअनुसार सञ्चालन गरिने भएकाले प्रतियोगितामा खेल को मर्यादा तथा निष्पक्षता सुनिश्चित हुनेछ।
विद्यार्थी खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीप निखार्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेलको अनुभव प्राप्त गर्ने उत्कृष्ट अवसर मिल्नेछ। विद्यालयहरूका लागि भने यो खेल आपसी सम्मानमा आधारित दीर्घकालीन सम्बन्ध निर्माण गर्ने माध्यम बन्नेछ।
“यस च्याम्पियनसिप मार्फत हाम्रा युवा खेलाडीहरूले अनुशासनसहित प्रतिस्पर्धा गर्न, नेतृत्व गर्न, र जित वा हार दुवैबाट सिक्दै अघि बढ्न सकून् भन्ने चाहन्छौं,” निसर्ग बाटिका स्कूलका एक प्रतिनिधिले बताए।
निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको मुख्य उद्देश्य नेपालको बास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्नु तथा युवा खेलाडीहरूलाई अर्थपूर्ण अवसर प्रदान गर्दै खेललाई गम्भीर रूपमा लिने संस्कृतिको विकास गर्न हो।