• Tuesday, March 3, 2026

विमानस्थलबाट गाँजा तस्करी : २ भारतीय नागरिक पक्राउ



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजा तस्करी गर्ने क्रममा दुई भारतीय नागरिक प्रहरीको नियन्त्रणमा परेका छन् । चार किलो २८४ ग्राम गाँजासहित ३३ वर्षीय रञ्जित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका रञ्जित सिंहको लगेज जाँच गर्दा गाँजा फेला परेको हो । विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।यसैबीच, सो गाँजा लिन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रमा आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

Please Login to comment in the post!

you may also like