१२ घण्टाको खोजीपछि बोइङ ७३७ कार्गो विमानको दुर्घटनाग्रस्त अवस्था मा भेटियो
-
Jul Wed, 2026
-
in
ग्लोबल गन्थन
१२ घण्टाको निरन्तर खोजी तथा उद्धार अभियानपछि पाकिस्तानी अधिकारीहरूले K2 Airways Cargo को बोइङ ७३७-४०० विमानको wreckage फेला पारेका छन्। विमानको भग्नावशेष ओर्मारा बाट ५३ नटिकल माइल दक्षिणमा रहेको समुद्री क्षेत्रमा भेटिएको छ।
मंगलबार राति कराचीबाट पश्चिमतर्फ हराएको उक्त विमानमा ५ जना सवार थिए। पाकिस्तान एयरपोर्ट्स अथोरिटीले जारी गरेको जानकारी अनुसार विमान अचानक तीव्र गतिमा तल झर्दै गरेको रडारले देखाएको थियो। अहिले उद्धार टोली घटनास्थलमा पुगिसकेको छ। विमानमा सवार व्यक्तिहरुको अवस्था बारे थप जानकारी आउन बाँकी छ। यो घटनाको कारणबारे आन्तरिक जाँच सुरु गरिएको छ।