काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ। ‘जेनजेड’ प्रदर्शनकारीको एक समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार खाँणको घरमा तोडफोड भएको जानकारी प्राप्त भएको हो।
उनका अनुसार, प्रदर्शनकारीहरूले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, साथै बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन्।