गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको जानकारी प्राप्त भएको छ। यो कदम जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शन र १९ जनाको मृत्युको घटनापछि नैतिक जिम्मेवारी लिंदै उठाएको बताइएको छ।