• Tuesday, March 3, 2026

अमेरिकाले मेक्सिकन एयरलाइन्सका नयाँ उडान र बेली कार्गोमा रोक लगायो


अमेरिकी परिवहन विभाग (यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन ) ले मेक्सिकोका प्रमुख विमान कम्पनीहरू एरोमेक्सिको , भोलारिस  र भिभा एरबस  का नयाँ उडान प्रस्ताव अस्वीकृत गरेको छ। यी एयरलाइन्सहरूले मेक्सिको सिटी अन्तर्राष्ट्रिय विमानस्थल  र फेलिपे एङ्गेल्स विमानस्थल  बाट अमेरिकाका विभिन्न शहरतर्फ उडान सञ्चालनका लागि अनुमति मागेका थिए। यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन  ले यो कदम मेक्सिको सरकारले अमेरिकासँगको हवाई यातायात सम्झौता  उल्लंघन गरेको ठहर गर्दै चालेको हो।

यस निर्णयअन्तर्गत अमेरिकाले ती एयरलाइन्सहरूका साथै AerusTAR México का विमानहरूलाई पनि अमेरिकातर्फ हुने उडानमा बेली कार्गो (विमानको तलको भागमा राखिने सामान ढुवानी सेवा) सञ्चालन गर्न अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन  को आदेश अनुसार एरोमेक्सिको लाई मेक्सिको सिटी फेलिपे एङ्गेल्सबाट ह्युस्टन र म्याकालेन रुट र मेक्सिको सिटीबाट सान जुआन (पोर्टो रिको) उडान चलाउन नदिइनेछ। भोलारिस ले प्रस्ताव गरेको मेक्सिको सिटी–न्यूयोर्क नेवार्क उडान पनि रोकिनेछ भने भिभा एरबस ले फेलिपे एङ्गेल्सबाट अष्टिन, न्यूयोर्क, शिकागो, डलास, डेन्भर, ह्युस्टन, लस एन्जेलस, मियामी र ओर्ल्यान्डोका लागि प्रस्ताव गरेका सबै उडानहरू स्थगित गरिएका छन्।

यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन  ले भविष्यमा पनि यी कम्पनीहरूले दर्ता गर्ने कुनै पनि नयाँ तालिका अगिल्लो सूचना नआएसम्म अस्वीकार गरिने चेतावनी दिएको छ। साथै अन्तिम आदेश जारी भएको १०८ कार्यदिवसपछि ती एयरलाइन्सहरूले अमेरिकातर्फका उडानमा बेली कार्गो लैजान नपाउने व्यवस्था पनि गरिएको छ।अमेरिकी अधिकारीहरूका अनुसार यो निर्णय छोटो अवधिमा दुवै देशका व्यापारी र उपभोक्ताका लागि हानिकारक भए पनि दीर्घकालमा आवश्यक छ, किनभने मेक्सिको सरकारले अमेरिकी सम्पूर्ण कार्गो उडानहरूलाई मेक्सिको सिटीबाट हटाएर फेलिपे एङ्गेल्स विमानस्थलमा सार्नुले प्रतिस्पर्धामा असमानता ल्याएको छ। विभागले भनेको छ— “जब मेक्सिकोले अमेरिकी सम्पूर्ण कार्गो एयरलाइन्सहरूलाई पुनः मेक्सिको सिटीमा सञ्चालन गर्न अनुमति दिनेछ, तब यस निर्णयलाई पुनर्विचार गर्न सकिनेछ।”मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाम ले अमेरिकी कदमलाई “एकतर्फी र अन्यायपूर्ण” भन्दै दुई देशबीच द्विपक्षीय बैठक बोलाउन आग्रह गरेकी छन्। उनको भनाइमा, मेक्सिकोले अमेरिकालाई कुनै हानि पुर्‍याएको छैन र यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन  को निर्णय पूर्ण रूपमा अन्यायपूर्ण छ।यसबीच, भिभा एरबस ले विज्ञप्ति जारी गर्दै निर्णयको गम्भीर असर यात्रु र कम्पनी दुवैमा पर्ने बताएको छ।

चाडपर्व र यात्रा सिजनको समयमा यस्तो रोक लगाइँदा हजारौँ यात्रुहरू प्रभावित हुने चेतावनी दिँदै कम्पनीले दुवै सरकारबीच छिटो संवाद गरी व्यावहारिक समाधान खोज्न आग्रह गरेको छ।अमेरिकी सरकारले भने मेक्सिको सरकारले सन् २०२२ र २०२३ मा लिएका निर्णयहरूले अमेरिकी एयरलाइन्सहरूको प्रतिस्पर्धी अधिकार खोसेको आरोप लगाएको छ। विशेष गरी, मेक्सिको सिटी विमानस्थललाई “सतुरेटेड” घोषित गर्दै प्रति घण्टा हुने उडान संख्या ६१ बाट घटाएर ४३ पुर्‍याउने र सम्पूर्ण कार्गो उडानलाई फेलिपे एङ्गेल्स विमानस्थलमा सार्ने निर्णयलाई अमेरिकी पक्षले मुख्य समस्या मानेको छ।यद्यपि हाल दुई देशबीच वार्ता जारी छ। मेक्सिकोले अमेरिकी एयरलाइन्सहरूबाट खोसिएका “स्लट” (उडान समय अनुमति) फिर्ता गर्ने र सन् २०२६ को पहिलो छमाहीसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्लट व्यवस्थापन प्रणाली लागू गर्ने वाचा गरेको छ। तर यूएस डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन  का अनुसार, “प्रतिस्पर्धामा असन्तुलन अझै कायम छ, किनभने मेक्सिकन एयरलाइन्सहरूले नयाँ अमेरिकी रुट थपिरहेका छन्, जबकि अमेरिकी एयरलाइन्सहरूका उडान स्तर स्थिर छन्।”यसअघि पनि अमेरिकाले एरोमेक्सिकोडेल्टा एयरलाइन्स बीचको संयुक्त व्यापारिक साझेदारी  नवीकरण गर्न अस्वीकार गरेको थियो र मेक्सिकन एयरलाइन्सहरूको अमेरिकी चार्टर र नियमित उडानमा थप प्रतिबन्ध लगाएको थियो।हालसम्म एरोमेक्सिको ले यस विषयमा कुनै टिप्पणी गरेको छैन भने भोलारिस ले तत्काल प्रतिक्रिया दिएको छैन।

Please Login to comment in the post!

you may also like