• Wednesday, March 4, 2026

बालुवाटारमा सरकार–एमाले द्विपक्षीय वार्ता, शीर्ष नेताहरू सहभागी


काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद बालुवाटार जारी छ । प्रधानमन्त्री निवास बालुवाटार दुइपक्षबीच संवाद भैइरहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

दुइपक्षबीचको संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् । भने नेकपा एमालेका पक्षबाट पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौलाले सहभागीता जनाएका छन् ।

पछिल्लो राजनीतिक घटना क्रमका विषयमा र निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलहरु संग छुट्टाछुट्टै संवाद गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Please Login to comment in the post!

you may also like