टिकटकको अमेरिकी कारोबार सञ्चालन गर्ने नयाँ संयुक्त उद्यमले गोपनीयता नीति परिवर्तन गर्दै अब प्रयोगकर्ताको सटीक लोकेसन डेटा संकलन गर्न सक्ने जनाएको छ। यसअघि टिकटकले अनुमानित लोकेसन जानकारी मात्र लिँदै आएको थियो।यो परिवर्तन बाइटडान्ससँगको सम्झौता पूरा भएपछि सार्वजनिक गरिएको हो। नयाँ नीतिअनुसार लोकेसन डेटा प्रयोगकर्ताको सेटिङअनुसार मात्र संकलन गरिनेछ र प्रयोगकर्ताले चाहेको बेला बन्द गर्न सक्नेछन्।
हाल अमेरिकामा यो सुविधा सुरु भइसकेको छैन। यो वैकल्पिक हुनेछ र प्रयोगकर्ताको अनुमति लिएर मात्र लागू गरिने बताइएको छ।नयाँ संयुक्त उद्यमले टिकटकका एआई टुलसँग प्रयोगकर्ताको अन्तरक्रिया सम्बन्धी डेटा पनि संकलन गर्ने जनाएको छ। ओरेकलले टिकटकको एल्गोरिदमलाई अमेरिकी क्लाउडमा सुरक्षित राख्नेछ।यस सम्झौतापछि पनि बाइटडान्सको सीमित संलग्नतामाथि अमेरिकी सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।