च्यानल आइल्याण्ड्समा सञ्चालन हुँदै आएको आपतकालीन बिरामी स्थानान्तरण सेवाले गम्भीर अवस्थामा रहेका बिरामीका लागि महत्त्वपूर्ण जीवनरेखाको काम गरिरहेको जनाएको छ।जर्सी इमर्जेन्सी ट्रान्सफर सर्भिस ले जर्सी र गुएर्न्सीबाट आपतकालीन बिरामीलाई उपचारका लागि बेलायतका एनएचएस अस्पतालसम्म हवाई माध्यमबाट पुर्याउने गर्छ। सीमित जनसंख्या र स्वास्थ्य सुविधाका कारण धेरै जटिल उपचारका लागि बिरामीलाई बेलायत पठाउनुपर्ने बाध्यता छ।र्सी इमर्जेन्सी ट्रान्सफर सर्भिसका प्रबन्धक रायन म्याक्नेका अनुसार गत वर्ष मात्र ३०४ बिरामी आपतकालीन रूपमा स्थानान्तरण गरिएका थिए। सेवा २४ घण्टा तयारी अवस्थामा रहने विमानमार्फत सञ्चालन हुन्छ र आवश्यक परे हेलिकप्टर तथा कोस्टगार्डको सहयोग पनि लिइन्छ।
यो सेवा सामान्य स्ट्रेचर आवश्यक पर्ने बिरामीदेखि भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर बिरामी, नवजात शिशु र मानसिक स्वास्थ्य सम्बन्धी बिरामीसम्मका लागि प्रयोग हुँदै आएको छ।आपतकालीन अवस्थाबाहेक पनि दुवै आइल्याण्डका टोलीहरूले बिरामीको यात्रा र बसोबास व्यवस्थापन गर्छन्। सन् २०२५ मा गुएर्न्सीबाट २,३७० र जर्सीबाट २,५०१ बिरामी उपचारका लागि बेलायत पठाइएका छन्।क्यान्सर उपचारका लागि हरेक वर्ष सयौँ बिरामी बेलायत जान्छन्। क्याम्ब्रिजमा प्रोस्टेट क्यान्सरको उपचार गराएका टिम एश्टन बार्नेटले बेलायतका अस्पतालसँगको सहकार्यले आफूहरू राम्ररी हेरचाह पाएको अनुभव सुनाए।स्वास्थ्यकर्मीहरूका अनुसार च्यानल आइल्याण्ड्स र बेलायतका अस्पतालबीचको सहकार्य जटिल उपचारका लागि अत्यन्त आवश्यक र प्रभावकारी रहेको छ।