यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई सहजै पूरा गर्यो।वेस्ट इन्डिजका ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन जोडे। उनीहरूको आक्रामक ब्याटिङले नेपाललाई खेलमा फर्कने कुनै अवसर दिएन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रनमै अलआउट भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन जोडे। पावरप्लेमा ३७-० को राम्रो सुरुवात गरे पनि नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा थप ९० रन पनि जोड्न सकेन।वेस्ट इन्डिजका बलर रामोन सिमोन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ विकेट तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे।यद्यपि, नेपालले यसअघि लगातार दुई जित निकाल्दै शृंखला आफ्नो नाममा गरिसकेको छ। आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपमा हावी रह्यो।