• Saturday, October 18, 2025

आज नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजा, भोलिदेखि विजयादशमीको टीका शुरू


काठमाडौं । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना भइरहेको छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक रूपमा पूजा गर्ने परम्परा आज समापन हुँदैछ।माता दुर्गाको नवौं शक्तिको रूप सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ। शास्त्रअनुसार विधिपूर्वक सिद्धिदात्रीको पूजा र साधना गर्ने साधकलाई मनकामना पूरा हुने र सम्पूर्ण सिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यसै विश्वासका साथ आज काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगवती, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती, गुह्येश्वरी, महांकाल लगायतका शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ।नवरात्रको नौ दिनसम्म यी शक्तिपीठहरूमा विशेष पूजा आराधना गरिएको छ। यो क्रम आज रातिबाट समापन हुनेछ। नवरात्र सकिएसँगै भोलि बिहीबार बिहानदेखि विजयादशमीको टीका शुरू हुनेछ।विजयादशमीमा मान्यजनबाट टीका र जमरा प्रसादको रूपमा ग्रहण गर्ने परम्परा छ। यो प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउन सकिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। यद्यपि, दिनभर टीका लगाउन सकिने शास्त्रीय मान्यता छ।नवरात्र र विजयादशमीको यो पावन अवसरले सबैमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

Please Login to comment in the post!

you may also like