काठमाडौं । मध्यरातको करिब १:३० बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत एउटा विशेष स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले लेखेका थिए– “हर्क, म तिमीलाई माया गर्छु, मेरो देशको पीएम साँच्चै हर्क जस्तो चाहिन्छ, म तिमीलाई विश्वास गर्छु भाई।”
तर, पोस्ट सार्वजनिक भएको १४ मिनेटमै उनले उक्त स्टाटस हटाएका छन्। यो स्टाटस कुन प्रसङ्गमा लेखिएको हो भन्नेबारे प्रस्ट जानकारी छैन। छिनमै डिलिट गर्नुपरेको कारण पनि स्पष्ट गरिएको छैन। सम्भवतः यसको वास्तविक कारण स्वयं मेयर बालेन शाहलाई मात्र थाहा होला भन्ने अनुमान गरिन्छ।