• Thursday, March 5, 2026

विहारमा १०औँ पटक सत्तामा नीतीश कुमार, विपक्षी महागठबन्धन भारी पराजित



नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा सम्पन्न विधानसभा चुनावको परिणामले फेरि एकपटक नीतीश कुमारलाई सत्ता–कुर्सीमा पु¥याएको छ। सत्तारुढ नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले दुईतिहाइभन्दा धेरै बहुमत बटुलेपछि जनता दल (युनाइटेड) का नेता कुमार १०औँ पटक मुख्यमन्त्री बन्ने पक्का भएको छ।
सन् २००५ मा पहिलोपटक मुख्यमन्त्री बनेका उनी त्यसयता विहारको राजनीतिक धुरीमा निरन्तर सक्रिय छन्।नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न चुनावको मतगणनाअनुसार २४३ सदस्यीय विधानसभामा एनडीएले २०२ सिट जित्दै प्रचण्ड बहुमत हासिल गर्‍यो। गठबन्धनभित्र भारतीय जनता पार्टीले ८९ र जनता दल युनाइटेडले ८५ सिट पाए।एनडीएकै अन्य साझेदारहरू—चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) ले १९, जितनराम मांझीको हिन्दुस्तानी अवाम मोर्चाले ५, र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले ४ सीट जितेर सत्ता गठबन्धनलाई थप बलियो बनाइदिए

Please Login to comment in the post!

you may also like