अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार शुक्रबार साँझ पक्राउ गरिएका एक महिला र तीन पुरुषलाई अहिले विभागको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। प्रारम्भिक सूचनाले उनीहरूले गरिब तथा विकट क्षेत्रका युवतीहरूलाई चीनका नागरिकसँग विवाह गराउने जालो चलाइरहेको आशंका पुष्टि गर्दै लगेको तिवारीले बताए।अनुसन्धानका क्रममा केही नेपाली महिलालाई विवाहका नाममा चीनसम्म लगिएको तथ्यसमेत खुलेको विभागले जनाएको छ। पक्राउ परेकामध्ये केही व्यक्तिले विगत धेरै वर्षदेखि फरक–फरक प्रकारका भिसा लिएर नेपाल आवतजावत गर्दै आएको पनि पत्ता लागेको छ।
यस घटनापछि नेपालमा ‘व्यवसाय’को नाममा अवैध वैवाहिक दलाली बढ्दो रहेको चिन्ता सम्बन्धित निकायहरूले प्रकट गर्दै थप अनुसन्धान जारी राखेको छन्।