• Saturday, June 21, 2025

एमाले नेताहरु सहकारी ठगिमा तानिदै,पोखरेल पछि भट्टचनको चर्चा


सत्तारुढ दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल पछि अर्का प्रभावशाली नेता माननिय देवीप्रकाश भट्टचन पनि सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका छन् । प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी हुन् ।

कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ । हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी अलपत्र छ । ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो । तर, उनीमाथि अनुसन्धान अघि बढेको छैन।

लाखौँ नेपालीको भविष्य जोडिएको सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने अनुसन्धानका क्रममा समातिएपछि यो प्रकरणले अहिले देशभर सनसनी मच्चाएको छ । सत्ताको नेतृत्व गरिरहेको एमाले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई नछाड्ने भन्दै आएको छ, तर आफ्नै सांसदमाथि यसरी करोडौं रकम हिनामिनाको जाहेरी पर्दा समेत अनुसन्धान भैसकेको छैन।

एमालेको राजनीतिमा नभएपनि आर्थिक सहयोग गरेकै आधारमा भट्टचनले समानुपातिक सांसद बन्ने अवसर पाएका थिए, त्यसकारण पनि सत्ताकै दबाबमा उनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएको आरोप लागेको छ । रास्वपा प्रवक्ता मनिष झा ले भनेका छन,"देश यसरी चलाएको छ, आफ्नो मान्छेलाई बचाएको छ। अनी हामी माथि राजनीतिक प्रतिशोध भन्न नपाइने? कानुनअनुसार प्रक्रिया बढाउन पाईन्छ तर आफ्नोलाई भने छोड्न पाईन्न।"

देबि भट्टचन प्रभु बैंकका पूर्व अध्यक्षसमेत हुन् ।  भट्टचन र कुसुम लामा को सम्बन्ध बिग्रिएर यो घटना बाहिरिएको छ।

प्रभु म्यानेजमेन्ट प्रालिले विभिन्न पब्लिक कम्पनीहरूमा ६२ करोड हाराहारीमा लगानी गरेको देखिएको छ । जसमा म्यानेजमेन्टको सम्पूर्ण कर्जा रकम भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेको आरोप लाग्ने गरेको छ । तर, यता सांसद भट्टचन भने अनुसन्धानमा सहयोग गर्नुको साटो आफूविरुद्ध अफवाह फैल्याइएको र पुष्टि गरेर देखाउन चुनौती दिँदै आएका छन्। 

Please Login to comment in the post!

you may also like