• Thursday, October 16, 2025

पद्मश्री साहित्य पुरस्कार २०८१ ‘छालबाटो’लाई


काठमाडौं । वर्ष २०८१ को प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार यसपटक पत्रकार तथा लेखक रमेश भुसालको संस्मरणात्मक कृति *‘छालबाटो’*लाई प्रदान गरिने भएको छ।साहित्य पुरस्कारका लागि कुल २०३ पुस्तक प्रतिस्पर्धामा रहेका थिए। गत असार १५ गते विस्तारित सूची र साउन १५ गते संक्षिप्त सूची सार्वजनिक गरिएको थियो। सोही सूचीबाट छालबाटो विजयी बनेको हो।कृतिले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रालाई आधार बनाएर कर्णाली नदीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु संरक्षण, जलविद्युत् परियोजना र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा उतारेको छ।

साधना सम्मान रमा शर्मालाई

यसै अवसरमा, खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गरिने घोषणा भएको छ।साहित्य, संस्कृति, शिक्षा र कलामा जीवनपर्यन्त योगदान गर्ने दीर्घसाधकलाई प्रत्येक वर्ष दिइने यो सम्मान शर्मा योग्य ठहरिएकी हुन्। उनका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, बालसाहित्य र भाषा–विज्ञानसम्बन्धी करिब दुई दर्जन पुस्तक प्रकाशित छन्।

गौरव पुरस्कार अभि सुवेदीलाई

यसैगरी, समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत प्रदान गरिने पद्मश्री गौरव पुरस्कार यस वर्ष प्रा. डा. अभिनारायण (अभि) सुवेदीलाई प्रदान गरिने भएको छ।सुवेदी नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनका करिब तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

पुरस्कार र राशी

यी सबै पुरस्कार तथा सम्मानमा जनही अक्षरेपी तीन लाख रुपैयाँ नगदसम्मानपत्र प्रदान गरिनेछ। प्रतिष्ठानका अनुसार यी पुरस्कारहरू कोजाग्रत पूर्णिमाको दिन विशेष समारोहमार्फत् अर्पण गरिने छन्।

Please Login to comment in the post!

you may also like