• Friday, October 17, 2025

रास्वपाले आज रुपन्देही–३ को उपनिर्वाचन उम्मेदवार घोषणा गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नं. ३ को आगामी उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार सार्वजनिक गर्ने भएको छ। दिउँसो १:३० बजे सचिवालय बैठक बसेर निर्णय भएपछि उम्मेदवारको नाम सार्वजनिक गरिने पार्टी स्रोतले जनाएको छ।यस क्षेत्रका लागि रास्वपाभित्र ९ जनाले उम्मेदवारी आकांक्षा व्यक्त गरेका छन्। ती हुन्—

  • सुलभ खरेल

  • डा. लेखजंग थापा

  • ज्ञानु पौडेल

  • जितबहादुर गुप्ता

  • मधुप्रसाद अर्याल

  • पार्थिवेन्द्र उपाध्याय

  • कुसुम महर्जन

  • पुनमकुमारी अग्रवाल

  • रचना क्षेत्री

यसमध्ये सुलभ खरेलको नाम सर्वाधिक चर्चामा रहेको बताइएको छ।रास्वपाले उम्मेदवार छनोटका लागि गत १२ भदौमा अनलाइन प्राइमरी इलेक्सन आयोजना गरेको थियो। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म भएको मतदानमा सबैभन्दा बढी मत पाउने आकांक्षीलाई उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको हो।

आकांक्षीहरूको लामिछाने भेट

यसबीच, उम्मेदवार आकांक्षीहरू आज बिहान ९ बजे नख्खु कारागार पुगेका छन्। उनीहरूले पार्टी सभापति रवि लामिछानेलाई सामूहिक रूपमा भेटेर आफ्नो पक्ष राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

उपनिर्वाचन कात्तिक १७ गते

रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता दीपक बोहोराको निधन भएपछि उक्त स्थानमा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो।

Please Login to comment in the post!

you may also like