अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इराक–सिरियामा मात्र होइन, नाइजेरियामा पनि इस्लामिक स्टेटका आतंकवादीमाथि शक्तिशाली आक्रमणको आदेश दिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उत्तर–पश्चिम नाइजेरियामा क्रिश्चियनहरूलाई निशाना बनाउने आतंकवादीहरूमाथि “शक्तिशाली र घातक हमला” गर्न निर्देशन दिएको जानकारी दिएका छन्।
यसै क्रममा अमेरिकी अफ्रिका कमाण्डले सोकोटो राज्यमा, जुन उत्तरमा नाइजरसँग सीमाना जोडिएको छ, नाइजेरियाली अधिकारीहरूसँग समन्वय गर्दै आक्रमण गरेको जनाएको छ। प्रारम्भिक विवरण अनुसार आक्रमणमा इस्लामिक स्टेटका कयौं आतंकवादी मारिएका छन्। अमेरिकी अधिकारीको भनाइ अनुसार, यो आक्रमणमा नौसेनाको जहाजबाट हवाई मिसाइल (टोमहक) प्रहार गरी दुई इस्लामिक स्टेटका क्याम्प लक्षित गरिएको थियो।