अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा सुरक्षाकर्मीले गोली चलाउने एक संदिग्धलाई गोली हानेपछि उनको अस्पतालमा मृत्यु भएको अमेरिकी सिक्रेट सर्भिसले जनाएको छ।सिक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट हाउस नजिकको १७औँ स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यूस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए। उनले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेपछि सुरक्षाकर्मीले जवाफी फायर गरेका थिए।घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। तर उनको अवस्था कति गम्भीर छ भन्ने स्पष्ट भएको छैन। सिक्रेट सर्भिसले ती व्यक्तिलाई लागेको गोली कसले चलाएको हो भन्ने पनि तत्काल स्पष्ट नभएको जनाएको छ।रोयटर्सका अनुसार कानून कार्यान्वयन निकायका एक अधिकारीले संदिग्धलाई “मानसिक रूपमा अस्थिर व्यक्ति” बताएका छन्। ती व्यक्तिविरुद्ध यसअघि “टाढा बस्न आदेश” (स्टे-अवे अर्डर) जारी गरिएको पनि जनाइएको छ।घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते नभएको सिक्रेट सर्भिसले जनाएको छ।घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका थिए।