काठमाडौं — काठमाडौंको कलङ्कीमा अवस्थित नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुलले यस वर्षको ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ प्राप्त गरेको छ।केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजित ‘चौथो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा स्कुललाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो। दक्ष एवं अनुभवी व्यवस्थापन, आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री वातावरण तथा विद्यार्थी केन्द्रित क्रियाकलापका माध्यमबाट समयानुकूल र गतिशील नेतृत्व प्रदान गर्दै आएको भन्दै स्कुललाई सम्मानित गरिएको छ।स्कुलले विद्यार्थीहरूको प्राज्ञिक विकाससँगै उनीहरूमा व्यावसायिक, नैतिक र नेतृत्व क्षमता अभिवृद्धि गर्न निरन्तर काम गर्दै आएको छ। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी संकायमा अध्यापन गराउँदै आएको यस संस्थाले एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। गुणस्तरीय शिक्षा, सुरक्षित पूर्वाधार र विद्यार्थीको भविष्यप्रति जिम्मेवार दृष्टिकोणका कारण नेपाल काष्ठमण्डप अहिले नेपालको शैक्षिक क्षेत्रमा एक भरपर्दो र प्रतिष्ठित नाम बन्दै गएको छ।केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यालयहरूलाई छनोट गरी सम्मानित गर्दै आएको छ।