• Wednesday, March 4, 2026

भ्रामक र झुटा सूचनामा विश्वास नगरौँ:नेपाली सेना


 जेनजी आन्दोलनपछि उत्पन्न भएको विद्यमान परिस्थितिमा नेपाली सेनालाई विभिन्न विषयमा जोडेर टीकाटिप्पणी नगर्न सेनाले आग्रह गरेको छ।

सबै परिस्थितिलाई सेनाले नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका कारण भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो।

साथै नोपली सेनाले सूचना आदानप्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा समन्वय गर्न सकिने बताएको छ।


Please Login to comment in the post!

you may also like