काठमाडौं। जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमा काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू समावेश छन्। जम्मा ५१ जनाको मृत्यु भएको छ, जसमा तीन प्रहरी र एक भारतीय महिला पनि छन्।