• Thursday, March 5, 2026

जेनजी आन्दोलन दमन प्रकरण: तीन उच्च अधिकारीको स्थानहद फुकुवा


काठमाडौं। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तीन जना उच्च अधिकारीको स्थानहद फुकुवा गरेको छ।

आयोगले मंगलबार पत्रमार्फत तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालमाथि लगाइएको स्थानहद हटाएको जानकारी दिएको हो।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित अधिकारीहरूसँग आवश्यक सोधपुछ र बयान लिने प्रक्रिया पूरा भइसकेकाले अब स्थानहद कायम राख्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरिएको छ। स्थानहद फुकुवा भएसँगै उनीहरूलाई विदेश भ्रमण गर्न समेत अनुमति मिलेको आयोगले जनाएको छ।

यसअघि आयोगले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का तत्कालीन प्रमुख हुतराज थापासँग बयान लिने कार्य सम्पन्न भएपछि उनको समेत स्थानहद फुकुवा गरिसकेको थियो।

Please Login to comment in the post!

you may also like