जर्मन फ्ल्याग क्यारियर लुफ्थान्साले सन् २०२६ मा आफ्नो शताब्दी उत्सव मनाउने तयारी गरिरहेको छ। यस अवसरलाई चिनाउन, एयरलाइनले बोइङ ७८७-९ मा विशेष लिभरी सार्वजनिक गरेको छ।यो विशेष लिभरीमा मुख्य रूपमा नीलो रंग प्रयोग गरिएको छ, जसमा सेतो लुफ्थान्सा क्रेन (हंस) विमानको पखेटासँग मिसिने गरी डिजाइन गरिएको छ। विमानको फ्युजलाजमा ठूलो “१००” अंक पनि समावेश छ।
लुफ्थान्सा एयरलाइन्सका सीईओ जेन्स रिटरले भने, “हाम्रो लुफ्थान्सा क्रेनले सुरक्षा, अग्रगामी भावना, प्रिमियम गुणस्तर, स्वतन्त्रता र विश्वसनीयताको प्रतीक हो। विगत १०० वर्षदेखि यही नै हाम्रो पहिचान रहेको छ र भविष्यमा पनि रहनेछ। हामी हाम्रो परम्परा र मूल्यहरूप्रति गर्व गर्छौं, र हाम्रो गौरवशाली इतिहासलाई निरन्तरता दिन तत्पर छौं। यो बोइङ ७८७ को विशेष लिभरीले हाम्रो पहिचानलाई सम्मान गर्छ र हाम्रा यात्रुहरूको सुरक्षा र सुविधाका लागि हरदिन समर्पित लुफ्थान्सा कर्मचारीहरूको गर्विलो टिमलाई प्रतिनिधित्व गर्छ।”यो विशेष लिभरी बोइङ ७८७-९ मा अमेरिकाको चार्ल्सटनमा अन्तिम एसेम्बलीपछि रंगिएको हो। यो विमान नोभेम्बरमा एयरलाइनलाई हस्तान्तरण हुने अपेक्षा गरिएको छ र डिसेम्बरमा सेवा सुरु हुनेछ।